Skip to content
LAXMI SUNRISE BANK

१४ बाट १८ मा सारियो स्ववियु चुनाव, विप्लवनिकट क्रान्तिकारी पनि सहभागी हुने

अर्थ सरोकार

काठमाडौं –  त्रिभुवन विश्वविद्यालयले १४ फागुनमा गर्ने भनेको स्ववियु चुनाव चार दिन सरेको छ । त्रिवि पदाधिकारी र विद्यार्थी संगठनबीचको छलफलपछि चुनाव १८ फागुनका लागि सारिएको खबर आजको नयाँ पत्रिकामा छ ।
मिति सरेपछि विप्लव माओवादीनिकट अखिल क्रान्तिकारी पनि चुनावमा सहभागी हुने भएको छ । त्रिविका विद्यार्थी कल्याण निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले शुक्रबार बस्ने कार्यकारी परिषद्को बैठकले १८ गते चुनाव गर्ने निर्णय गर्ने बताए ।
विप्लव माओवादीनिकट अखिल क्रान्तिकारीले देशैभरका क्याम्पसमा ताला लगाएको थियो । उता नेविसंघका असन्तुष्टले २८ वर्षे उमेर हदबन्दीको विरोधमा उपत्यकाका १० क्याम्पसमा ताला लगाएका थिए । तालाबन्दी र चुनाव बिथोल्ने धम्कीका कारण १ फागुनदेखि सुरु चुनावी प्रक्रिया प्रभावित भएको थियो ।
छलफलमा नेविसंघका अध्यक्ष नैनसिंह महरले असन्तुष्टले लगाएको ताला शुक्रबारदेखि खुल्ने दाबी गरे । उनले ताला नखोले कारबाही गर्नेसमेत बताए । केही विद्यार्थी संगठनले स्ववियु चुनाव पूर्ण समानुपातिक प्रणालीमा हुनुपर्नेसमेत माग राखेका थिए । सो मागलाई कार्यदल बनाएर यसपछिका स्ववियु चुनावमा सम्बोधनका लागि छलफल गर्ने पदाधिकारीले बताएका थिए ।
यो पनि पढ्नुहोस् 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK