×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING NEWS :स्ट्याण्डर्ड चाटर्ड बैंकको एफपीओ तत्काल नआउने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

BREAKING NEWS :स्ट्याण्डर्ड चाटर्ड बैंकको एफपीओ तत्काल नआउने !

Artha Sarokar

३ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – बजारमा सेबोनकै मिलेमतोमा स्ट्याण्डर्ड चाटर्ड बैंकलाई  एफपिओ दिइएको खबर सार्वजनिक भएपछी यसको प्रभाव बजारमा देखिएको छ । त्यहि प्रवावका बीच चौतर्फी दवाव आएपछि उक्त बैंकको एफपीओ तत्कालका लागि नआउने भएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार बैंक, सेवोन र विक्रि प्रवन्धकहरुबीच केहिबेर अगाडि भएको छलफलमा एफपिओ निष्काशन तत्कालका लागि नगर्ने निर्णय भएको हो ।
हिजोमात्र एफपिओ निष्काशनको लागि धितोपत्र बोर्डले बैंकलाई स्वीकृति दिएको थियो । बैंकले एफपीओ कहिले निष्कासन गर्ने भन्ने एकिन नभएपनि तत्काल नगर्ने र केहि समयपछि गर्ने सहमति भएको उक्त छलफलमा सहभागी एक सदस्यले अर्थ सरोकार डटकमलाई जानकारी दिए । 
बैंकले १०० रुपैंया अंकित मूल्यमा ११ सय ९० रुपैंया प्रिमियम थप गरी १२ सय ९० रुपैंया प्रतिकित्ता एफपिओ निष्काशन गर्न लागेको हो । बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको २५ लाख ५८ हजार १४० कित्ता शेयर निष्काशनको लागि  सेबोन आवेदन दिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी