×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकले कमायो कमायो ९७ करोड, जगेडा कोष पनि ४ अर्ब ८७ करोड भन्दा माथि

LAXMI SUNRISE BANK
GLOBAL

एभरेष्ट बैंकले कमायो कमायो ९७ करोड, जगेडा कोष पनि ४ अर्ब ८७ करोड भन्दा माथि

२६ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सामान्य प्रगति गरेको विवरण प्रस्तुत गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा ७५ करोड ३७ लाख खुद मुनाफा आर्जन गरेको बैंकले यस अवधिमा ९७ करोड १५ लाख मुनाफा आर्जन गरेको छ । 
यस अवधिमा बैंकले ९० अर्ब ४३ करोड ६६ लाख रुपैयाँ संकलन निक्षेप संकलन गरी ७२ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यस अवधीमा ३ करोड ५३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । बैंकको खराब कर्जा अनुपात ०३ प्रतिशतले बढेर शुन्य ७० प्रतिशत पुगेको छ । 
यस अवधीमा बैंकले  १ अर्ब ७६ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब ४८ करोड ६७ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ । 
हाल बैंकको चुक्ता पुंजी ४ अर्ब ६० करोड ६४ रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ४ अर्ब ८७ करोड ९२ लाख रुपैयाँ पुर्याएको छ । बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गरेको ७० प्रतिशत बोनस सेयर पुन्जिकृत गरि प्रति सेयर आम्दानी देखाएको छ। बोनस वितरणपछि कायम चुक्ता पुंजीबाट ३३ दशमलब ३३ प्रतिशत हकप्रद बितरणपश्चात बैंकको प्रतिसेयर आम्दानी प्रभावित हुने छ । हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ६ अर्ब १४ करोड रुपैयाँ पुग्ने छ ।   
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ४२ दशमलब ९३ रुपैयाँ, प्रति शेयर नेटवर्थ २ सय ७ दशमलब ७९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४ दशमलब ८४ गुणा र कर्जा निक्षेप अनुपात ७६ दशमलब ६० प्रतिशत रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी