- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले लाभासं घोषणा गरेको छ। कम्पनीको आज माघ २१ गते बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ ।
उक्त प्रस्ताव इन्स्योरेन्स बोर्डले अनुमति दिएपछि र कम्पनीको साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुने छ ।
कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ करोड २३ लाख नाफा कमाएको थियो । इन्स्योरेन्स यसअघि २५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो। हकप्रद बिक्रिपछि इन्स्योरेन्सको चुक्ता पुंजी ६२ करोड ५० लाख रहेको छ भने प्रस्तावित बोनसपछि चुक्ता पुंजी ६५ करोड ६२ लाख पुग्ने छ ।
कम्पनीको जगेडा कोषमा २० करोड २७ लाख र जीवन बिमा कोषमा एक अर्ब ८५ करोड रुपियाँ