×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपोर्ट माइक्रोफाइनान्सको खुद नाफा १४ लाख पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सपोर्ट माइक्रोफाइनान्सको खुद नाफा १४ लाख पुग्यो

१९ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासमा खुद मुनाफा रू। १४ लाख ६५ हजार कमाउन सफल भएको छ । गत आवमा खुद मुनाफा ऋणात्मक रहेको थियो । खुद ब्याज आम्दानी रू। ९९ लाख ९७ हजार पुगेको छ । यो गत आवको तुलनामा साढे २२ गुणा बढी आम्दानी होे ।
  त्यसैगरी गत आवमा ऋणात्मक रहेको सञ्चालन नाफा  चालू आवमा रू। ४ लाख १६ हजार पुगेको छ । कम्पनीको चालू आवको दोस्रो त्रैमासमा खराब कर्जा रू। ९ लाख ८९ हजार उठेको छ । कम्पनीको खराब कर्जा र खुद ब्याज आम्दानी बढनाले खुद मुनाफा बढ्नमा टेवा पुगेको हो ।
कम्पनीको चालू आवको दोस्रो त्रैमासमा चुक्ता पूँजी रू। ४ करोड २० लाख पुगेको छ । यो गत आवको तुलनामा ३ गुणाले बढी हो । त्यसैगरी गत आवमा ऋणत्मक रहेको जगेडा कोष चालू आवमा पनि रू। १२ लाख ७ ले हजार ऋणात्मक रहेको छ । कर्जा तथा सापटी रू। २१ करोड ८३ लाख पुगेको छ । यो गत आवको तुलनामा साढे १२ गुणा बढी हो । कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव शून्य ८ प्रतिशत रहेको छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी