×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन पावरको आइपीओ आजदेखि खुला

PRIME CA
GLOBAL IME BANK

हिमालयन पावरको आइपीओ आजदेखि खुला

१७ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – हिमालयन पावर पार्टनर लिमिटेडले माघ १७ गते आज देखि आइपीओमार्फत १० लाख ६५ हजार ४ सय १७ कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति शेयर रू१ सय अङ्कित दरमा आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गर्न लागेको छ । 
सोमध्ये उद्योग प्रभावित क्षेत्र लमजुङ जिल्लाका बासिन्दाहरु तथा आयोजना संरचना रहेको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको चिती, ढोडेनी, बन्सर, नौथर, श्रीमञ्ज्याङ र अर्चलेबोट गाविसका बासिन्दाहरुका लागि निष्कासित शेयरमध्ये ५ लाख ३२ हजार कित्ता रहेको छ । बाँकी ५ लाख ३२ हजार ७ सय ९ कित्ता अन्य लमजुङ  जिल्लाका सम्पूर्ण बासिन्दाहरुलाई बाँडफाँट गर्ने गरी निष्कासन गर्ने भएको हो । कम्पनीको शेयर बिक्री छिटोमा फागुन २ र ढिलोमा फागुन १७ गते बन्द हुनेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । इच्छुक व्यक्तिहरुले हिमालयन पावर पार्टनर लिमिटेड आयोजनको साइट कार्यालय, ग्लोबल आइएमई बैङ्कका बेसीशहर शाखा, प्यासिफिक डेभलपमेण्ट बैङक, भेडेटार र कैलाश विकास बैङ्क लिमिटेडको बेसिशहर शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।
 यो निष्कासन पश्चात् कम्पनीको चुक्ता पूँजी रू ८५ करोड २३ लाख पुग्ने कम्पनीले प्रकाशित गरेको आह्वान पत्रमा उल्लेख छ । कम्पनीले सर्वसाधारणको लागि २९ लाख ३० हजार ८ सय ३४ कित्ता आइपीओ निष्कासन गर्नेछ । सो निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी रू १ अर्ब ६ करोड पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: