×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जानकी फाइनान्सको मुनाफा २६४ प्रतिशतले बढ्यो

PRIME CA
GLOBAL IME BANK

जानकी फाइनान्सको मुनाफा २६४ प्रतिशतले बढ्यो

१४ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार संम्वाददाता 
काठमाडौं – जानकी फाइनान्स (Janaki Finance Ltd.)  ले खुद मुनाफा २ सय ६३ प्रतिशतले वृद्धि गरी ४ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । भने गत वर्षको सोहि अवधिमा १ करोड २४ लाख रुपैयाँ मुनाफा कमाएको थियो । त्यस्तै फाइनान्सको खुद व्याज आम्दानी १ सय ६८ दशमलब ९३ बढेर ५ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।
फाइनान्स (JFL) ले निक्षेपमा ६ दशमलव ५१ प्रतिशतले वृद्धि गरी १ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ संकलन गरेर कर्जामा १ अर्ब २७ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ जुन गत वर्षको सोहि अवधिमा २१ दशमलव ८३ प्रतिशतले वृद्धि हो । त्यस्तै संचालन मुनाफामा १४ गुणाले बढेर २ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
जानकी फाइनान्सको निष्कृय कर्जा ५ दशमलव ८३ प्रतिशत, जोखिम युक्त सम्पत्ति ३३ दशमलव ९२ प्रतिशत, प्रतिशेयर आम्दानी १३ दशमलव २१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ६२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५१ दशमलव ३० रुपैयाँ र तरलता अनुपात ३३ दशमलव ९२ प्रतिशत रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: