- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – वेष्टर्न डेभलपमेन्ट बैंकको एक सय प्रतिशत हकप्रद सेयर भर्ने बुधबार अन्तिम दिन हो । बैंकले प्रतिकित्ता १ः१ ९एक सेयर बराबर एक० अनुपातमा एक सय रूपैयाँ दरको १५ लाख ६९ हजार ६०० कित्ता हकप्रद सेयर मंसिर २२ देखि बिक्री खुला गरेको हो ।
यसअघि वेष्टर्नले पुस २६ गतेसम्मका लागि हकप्रद खुला गरेको भए पनि निर्धारित समयमा आवश्यकता अनुसार आवेदन नपरेपछि १५ दिन समय थपेर माघ १२ गतेसम्म बनाइएको हो ।
दोस्रो बजारमा संकुचन आउँदा हकप्रद क्रेजमा केही कम भएको अनुमान छ । गत कात्तिक १ गतेसम्म कायम सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् ।
प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौं, वेष्टर्न डेभलपमेन्ट बैंक घोराही, दाङसहित बैंकको अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यसैगरी, सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा कार्यालय वीरगन्ज, विराटनगर, नारायणगढ, पोखरा, बुटवल र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
वेष्टर्नको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड हो । चुक्ता पुँजी १५ करोड ६९ लाख ६० हजार रुपैयाँ रहेको वेष्टर्नले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २९ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हकप्रद पश्चात वेष्टर्नको चुक्ता पुँजी ३१ करोड ३९ लाख २० हजार रुपैयाँ पुग्नेछ । प्रतिसेयर आम्दानी एक रुपैयाँ ८९ पैसा रहेको वेष्टर्नको प्रतिसेयर नेटवर्थ भने एक सय ४४ रुपैयाँ ९९ पैसा छ ।