
बिराटलक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ६ करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ४ करोड ६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
प्राइम बैंकसंग गाभिने निर्णय गरेको बिराटलक्ष्मीले यस अवधिमा ४ अर्ब ८९ करोड निक्षेप संकलन गरि ३ अर्ब १९ करोड कर्जा परिचालन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ४ अर्ब ६२ करोड निक्षेप संकलन गरि २ अर्ब ७८ करोड कर्जा परिचालन गरेको थियो।
यस अवधिमा बैंकले २४ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ९ करोड ७३ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ९ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने ६ करोड ३९ लाख रुपैयाँ संचालन मुनाफा गरेको थियो।
यस अवधिमा बैंकको चुक्ता पुंजी ४२ करोड ३५ लाख रुपैयाँ रहेओ छ भने जगेडा कोष रकम २३ करोड ८० लाख पुर्याएको छ। बैंकको खराब कर्जा अनुपात शुन्य दशमलब ३९ प्रतिशतबाट बढेर १ दशमलब १४ प्रतिशत पगेको छ। यस अवधिमा बैंकको प्रति सेयर २९ रुपैयाँ ११ पैसा, प्रति सेयर नेटवर्थ १५५ रुपैयाँ ९६ पैसा, मूल्य आम्दानी अनुपात १४ दशमलब १९ गुणा र कर्जा निक्षेप अनुपात ५८ दशमलब ६६ प्रतिशत रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्