Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकार डटकम र सिए सरोकार डटकमका भारत ब्यूरो प्रमुख पुन: सम्मानित

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

अर्थ सरोकार डटकमका भारत ब्यूरो प्रमुख समेत रहेका पत्रकार ऋषि राम अधिकारी नयाँ दिल्लीमा पुन : सम्मानित भएका छन् । भारतमा रहीरहेका विद्यार्थीहरुको विभिन्न समूहहरु मध्येका एक ‘नेपलिज स्टुडेन्ट हेल्पिंङ ह्यान्ड्स’ले उनलाई सम्मान गरेको हो । यसअघि उनी सिए नेविसंघ, भारत र हातेमालो नेपाली विद्यार्थी समूहद्वारा सम्मानित भईसकेका छन् । ४ बर्ष अघि सिए सरोकार डटकमका दिल्ली सम्बाददाता भएर पत्रकारितामा प्रवेश गरेका उनी हाल अर्थ सरोकार डटकम र सिए सरोकार डटकममा कार्यरत छन् ।
‘नेपलिज
स्टुडेन्ट हेल्पिंङ ह्यान्ड्सले’ आफ्नो तेश्रो बार्षिक उत्सव तथा साधारण
सभाको अवसरमा एक भव्य कार्यक्रमका बीच गत आईतबार अधिकारीलाई सम्मान गरेको हो । आई.टि.ओस्थित राजा राम मोहन
रोय मेमोरियल हलमा सम्पन्न भएको उक्त कार्यक्रममा भारत स्थित नेपाली
दुताबास प्रतिनिधि, एन.आई.आर.सीका पूर्व अध्यक्ष एवं उपाध्यक्ष, बिभिन्न
संघ-संस्थाका प्रमुख, सिए इंस्टिट्यूटका प्रतिनिधि, सिए विद्यार्थी र
सिएहरुको उपस्थिति रहेको थियो । 


सिए
विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली कला
संस्कृति झल्किने सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरिएको थियो।
कार्यक्रममा सहभागीहरुलाई मध्य नजर गर्दै कार्यक्रममा आवत-जावतको लागि
यातायातको समेत ब्यवस्था गरिएको थियो । 


कार्यक्रममा
‘मोटिभेसनल स्पिकर’ पि.एस राठोरले सहभागीलाई प्रेरणादायी सन्देश प्रबाह
गरेका थिए। निकै नै सभ्य र भब्य तरिकाले सम्पन्न उक्त कार्यक्रममा
नि:वर्तमान अध्यक्ष मदन बस्नेतले हाल सम्म आईपुग्दा सहयोगी हाथहरुलाई
धन्यवाद ज्ञापन गर्दै आफु पदबाट बाहिर रहेर पनि 
आफ्नो दायित्व सधै गरि रहने बताएका थिए । 

कार्यक्रममा विद्यार्थीहरुले नै भोटिङ मार्फत आफ्नो प्रतिनिधिहरु चुन्न पाउने व्यवस्था मिलाईएको थियो।उक्त
सभाबाट विवेक बिक्रम सिजापति अध्यक्षमा निर्वाचित भएका थिए। त्यसै गरि
उपाध्यक्षमा अरविन्द चौरसिया, सचिवमा निर्मल मरासिनी, सह-सचिवमा राजेश
रिजाल, कोषाध्यक्षमा मनिष कुमार देव सहित १५ जना कार्यकारी समिति चयन
गरिएको थियो । 


कार्यकारी सदश्यहरुलाई सहि  प्रभावकारी ढंगबाट परिचालन गर्न बिभिन्न विभागमा बिभाजन गरी जिम्मेवारी दिईने
ब्यवस्था समेत गरिएको छ। नव निर्वाचित संस्थाका अध्यक्ष भन्छन्,
‘लक्ष्मीनगर सहित दिल्लिका विभिन्न स्थानमा रही अध्ययनरत सम्पूर्ण
विद्यार्थीहरुको हक़-हित एवं समस्याहरुको समाधानको लागि स्थापना गरिएको यो
सामाजिक संस्थाको अध्यक्षको पदमा निर्वाचित हुदा धेरै खुसी तथा जिम्मेबारी
बहन गरेको छु र आउने दिनहरुमा विद्यार्थीहरुको समस्या समाधान एवं हक़-हितका
लागि सधै लागि पर्ने छु। कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद र नव
निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।’ 


कार्यक्रममा ७०० बराबरको सहभागीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा हेल्पिंङ ह्यान्ड्सले आयोजना गरेको क्रिकेट प्रतियोगिताका बिजेताहरुलाई पुरस्कृत गरिएको थियो। 
कार्यक्रमका थप तस्वीर: (तस्वीर: जनार्दन सिंह)














Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK