Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबिआइको एफपिओ माघ मसान्तभित्रै वाँडफाँड हुने

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल एसबिआई बैंकले जारी गरेको फर्दर पब्लिक अफरिङ एफपिओ माघ मसान्तभित्रै वाँडफाँड हुने भएको छ। माघ मसान्तभित्रै वाँडफाँड गर्ने योजना अनुसार काम भइरहेको छ, बिक्रि प्रबन्धक एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेस घिमिरेले भने, केही भएर लम्बिहाले पनि फागुन २ गते नाघ्दैन।
एसबिआई बैंकले जारिगरेको ६७ हजार ७ सय ६८ कित्ता एफपिओमा ७२।९४ गुणा बढी आवेदन परेको थियो। बैंकले ९ सय ७१ रुपैयाँमा ९८ सय ७१ प्रिमियम मूल्यसहित० मा एफपिओ जारी गरेको थियो।
६ करोड ५८ लाख रुपैयाँ बराबरको एफपिओ आवेदन माग गरिएकोमा चार अर्ब ८० करोड रुपैयाँ बराबरको आबेदन परेको थियो। तीन अर्ब ८८ करोड ३७ लाख चुक्ता पूँजी रहेको एसबिआईको एफपिओ सूचीकरणपछि पूँजी ती अर्ब ८९ करोड रुपैयाँ पुग्ने छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK