×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वायु सेवा निगममा २० जना पाइलटलाई रोजगारीको अवसर

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

वायु सेवा निगममा २० जना पाइलटलाई रोजगारीको अवसर

Artha Sarokar

२६ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल वायु सेवा निगमले २० जना पाइलट माग गरेको छ। मंगलबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी निगमले खुला तथा समावेशी सिद्धान्त अनुसार ७ जना क्याप्टेन र १३ जना सिनियर को पाइलट माग गरेको हो। जस अनुसार क्याप्टेनमा ४ जना खुला, १ महिला,१ आदिवासी जनजाति र १ जना मधेसी माग गरिएको छ। त्यस्तै सिनियर को पाइलटमा ७  जना खुला, २ जना महिला, २ जना आदिवासी जनजाति, १ जना मधेसी र १ जना दलित समुदायबाट माग गरिएको छ।
 क्याप्टेनका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट एयर ट्रान्सपोर्ट पाइलट लाइसेन्स लिइ कम्तीमा चार वर्ष पाइलट इन कमान्डको हैसियतले उडान गरेको हुनुपर्नेछ। त्यस्तै कम्तीमा १५०० घण्टा पाइलट इन कमान्डको हैसियतले स्टल एयरक्राफ्ट उडान गरेको र कम्तीमा १ हजार घण्टा मल्टी इन्जिन स्टल एयर क्राफ्ट उडान गरेको हुनुपर्नेछ।
त्यस्तै सिनियर को पाइलटका लागि नागरिक उड्ययन प्राधिकरणबाट कमर्सियल पाइलटको लाइसेन्स लिइ कम्तीमा २ वर्ष काम गरेको र एक हजार घण्टा उडान गरेको हुनुपर्नेछ। इच्छुक नेपाली नागरिकले मंगलबारदेखि २१ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ।
 क्याप्टेनका लागि दरखास्त शुल्क २ हजार र सिनियर को पाइलटका लागि दरखास्त शुल्क १५ सय रुपैयाँ तोकिएको छ। क्याप्टेनका लागि ५५ वर्ष पूरा नभएको र सिनियर को पाइलटका लागि ३५ वर्ष पूरा नभएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।  हेर्नुस् सूचना 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी