- अर्थ सरोकार सम्बाददाता
सरकारले नियम विपरित आफ्ना घरहरु भत्काएको भन्दै संघर्ष समितिले आयोजना गरेको उपत्यका बन्दको आंशिक प्रभाव देखिएको छ । विहानैदेखि संघर्ष समितिका कार्यकर्ताहरु सडकमा ओर्लिएका छन् । सार्वजनिक सवारी साधनको उपस्थिति पातलो भएपनि उपत्यकामा निजी सवारी साधन भने चलेका छन् । आज उपत्यका बन्दको दिन विहानैदेखि काठमाडौँका विभिन्न स्थानहरुमा सुनसान दृश्य समेत देखिएको छ ।