×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले ल्याएको २० रूपैयाँको नोट आजबाट चल्तीमा आयो , यस्ता छन् परिवर्तन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल राष्ट्र बैंकले ल्याएको २० रूपैयाँको नोट आजबाट चल्तीमा आयो , यस्ता छन् परिवर्तन

Artha Sarokar

१ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – नेपाल राष्ट्र बैंक ले नयाँ २० रूपैयाँको नोट आजबाट चलन चल्तीमा ल्याएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै साविककै आकार तथा रंगमा तर साविक जनावरको चित्रको
सट्टामा बार्हसिंङ्गेको चित्र रहेको नोट चलनचल्तीमा ल्याएको जानकारी दिएको हो । 
बैंकले ज /१६ ०००००१ देखि ञ/४० ९९९९९९ सम्मको नोट ल्याएको हो  । नोटमा “नेपाल
सरकारको जमानत प्राप्त यसको रुपैंया“ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैंया“ २० रुपैयाँ बिस तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्यांश लेखिएको छ ।
के के छन् बिशेषता ?
नोटको अग्र भागमा 
१ . नोटको बाया तर्फ सगरमाथाको चित्र रहेको छ ।
२ . नोटको दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ ।
३ .नोटको तल्लो भागमा गभर्नर डा। चिरंजीबि नेपालको दस्तखत रहेको छ।
४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number   नेपालीमा वि।सं। २०७२ लेखिएको छ।
नोटको पृष्ठ भागमा
१ .नोटको मध्य भागमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको छ ।
२ .नोटको मध्य भागमा बाहसिंङ्गेको चित्र रहेको छ, यसअघिको २० को नोटमा एउटा मृगको तस्बिर थियो। 
३ .नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा RUPEES TWENTY  लेखिएको ।
४ . नोटको तल्लो भागको बोर्डरमा नोटको Series Numberअंग्रेजीमा 2016 A.D. लेखिएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी