×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा बिकास बैंकले किन्ने भयो केसीएल अस्ट्युट क्यापिटल, सम्झौतापत्रमा हस्ताक्षर

PRIME CA

गरिमा बिकास बैंकले किन्ने भयो केसीएल अस्ट्युट क्यापिटल, सम्झौतापत्रमा हस्ताक्षर

४ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गरिमा बिकास बैंक लिमिटेड र केसीएल अस्ट्युट क्यापिटलबीच सेयर स्वामित्व खरिद गर्ने सम्बन्धित सम्झौता सम्पन्न भएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी समझदारीपत्र गरिमा बिकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र केसीएल अस्ट्युट क्यापिटलका तर्फबाट अध्यक्ष दीपक पाण्डेले हस्ताक्षर गरेका छन् ।
सो सम्झौता पश्चात केसीएल अस्ट्युट क्यापिटल लिमिटेडमा गरिमा बिकास बैंक लिमिटेडको ५१.२० प्रतिशत सेयर स्वामित्व कायम भई केसीएल अस्ट्युट क्यापिटल लिमिटेड गरिमा बिकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा अगाडी बढाइने छ भने गरिमा बिकास बैंक लिमिटेडले सेयर लगानी गरे पश्चात केसीएल अस्ट्युट क्यापिटल लिमिटेडको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गरिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: