Skip to content

४० मिनेट मै ४४ अंकले घटेपछि नेप्सेमा सर्किट

Dish Home

अर्थ सरोकार

आइतबारको कारोबारमा जस्तै सोमबारको कारोबारमा पनि बजार परिसूचक नेप्सेमा पहिलो घण्टा मै सर्किट ब्रेक लागेको छ । सोमबारको कारोबार सुरु भएको ४० मिनेट मै बजार ४४.१७ अंक अर्थात् ३ प्रतिशत भन्दा बढीले घटेपछि ब्रेक लागेको हो ।

बजार  १५ मिनेटपछि अर्थात् ११:५४ मा खुला हुने छ । ११:५४ मा खुलेको कारोबार पुन: १ प्रतिशतले घट्यो भने कारोबार ३० मिनेटका लागि रोक्का हुने छ।

कारोबारको पहिलो ४०  मिनेटमा ७४  कम्पनीका १  लाख ९३  हजार शेयर खारिद बिक्रिबाट १४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। छिल्लो समय नेप्सेमा सुचिकृत भएका कम्पनीहरुको बोनस र हकप्रद शेयर थपिएकाले माग र आपूर्तिबीचको सन्तुलन बिग्रिदा बजार ओरालो लागेको अनुमान गरिएपनि बजार घट्नुको ठोस कारण लगानीकर्ताको मनोबल गिर्नु रहेको बुझिएको छ।  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्