Skip to content
LAXMI SUNRISE BANK

पर्यटन प्रवर्दनका लागि धनकुट्टाको भेडेटारमा १ हजार बुद्धको मूर्ति बन्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाण्डौ – धार्मिक एवम  पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय क्षेत्र भेडेटारमा एक हजार बुद्धको मूर्ति बनाइने भएको छ ।  हङकङमा रहेका नेपाली र बौद्ध भिक्षुको सहयोगमा उक्त मूर्ति सुनसरीतर्फ रहेको भेडेटारको छोटी मोरङमा उक्त मूर्तिहरु बन्न लागेका हुन् ।
१२ विगाहा क्षेत्रफलमा १ सय ७५ फिट उचाइको एक ठूलो बुद्धको मूर्ति र बौद्ध बिहारसहित एक हजार ओटा साना बुद्धको मूर्ति निर्माण गरिने निर्माण समितिका संयोजक तथा हङकङ नेपाली महासङ्घका पूर्व अध्यक्ष प्रदिप थापाले जानकारी दिए  ।  एक अर्ब रुपैयाँ खर्चमा निर्माण गरिने उक्त मूर्तिको मङ्गलवार शिलान्यास गरिने निर्माण समितिका संयोजक एवं थापाले जानकारी दिए ।
अहिले धनकुटाको भेडेटार क्षेत्रमा मात्र वार्षिक ९ लाख भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले भ्रमण गर्ने गरेको होटल एशोसियशन भेडेटारको तथ्याङ्क छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK