×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपडेट : पत्रकार बास्तोला समातिएपछि अर्थ सरोकार डटकममा कालोपट्टि बाँधेर काम हुँदै ! पत्रकार बास्तोला रिहा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अपडेट : पत्रकार बास्तोला समातिएपछि अर्थ सरोकार डटकममा कालोपट्टि बाँधेर काम हुँदै ! पत्रकार बास्तोला रिहा

Artha Sarokar

१७ कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको सवारीका नाममा पत्रकारमाथि दुर्व्यवहार भएपछी अर्थ सरोकार डटकमका सबै कर्मचारी हाल कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।  पत्रकार बास्तोलाको रिहाइको माग गर्दै यस्तो गरिएको अनलाइनका प्रधान सम्पादक सुरज प्याकुरेलले जानकारी दिए । पत्रकार बास्तोला केहि समय अगाडी रिहा भएका छन् ।
केहि घण्टाअघि मात्र पहिलो न्यूज डटकमका कार्यकारी सम्पादक तथा प्रेस चौतारी नेपाल अनलाईन प्रतिष्ठानका अध्यक्ष मोहन बास्तोलामाथि प्रहरीले माइतीघरमा हिँडिरहेकै अबस्थामा पक्राउ गरी आक्रमणसमेत गरेको थियो  । प्रेस चौतारी नेपाल अनलाइन प्रतिष्ठानका सहसचिव सोभित थपलियाले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार पत्रकार बास्तोलालाई प्रहरीले आक्रमणको प्रयास समेत गरेको थियो ।
यता पहिलोन्यूज डटकमका सञ्चालक बिष्णु रिजालले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘पहिलो न्यूज डटकमका कार्यकारी सम्पादक मोहन बाँस्तोलालाई डेढ घन्टादेखि माइतीघरमा प्रहरीले नियन्त्रणमा लिई भ्यानमा राखिरहेको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका क्रममा उनको सवारी नचलेको बेला पैदल पनि हिँड्न नदिएर त्यहाँ प्रहरी निरीक्षक सुरेन्द्र सिटौलाको नेतृत्वमा खडा सुरक्षाकर्मीले हातपात गर्दै उहाँलाई पक्राउ गरेका थिए ।
भ्याली प्रहरी प्रमुख प्रतापसिंह थापाले तुरुन्तै छोड्छौँ भनेको पनि एक घन्टा बितिसकेको छ । अहिले उहाँको मोबाइल स्वीच अफ भएको छ । नालायक सरकारको जति भत्सर्ना गरे पनि कमै हुन्छ ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी