Skip to content
LAXMI SUNRISE BANK

जनयुद्ध दिवसको दिन विप्लव माओवादीको अधिवेशन

अर्थ सरोकार

काठमाण्डौ – नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्वको गरेको नेकपा (माओवादी) ले  आउँदो फागुनको पहिलो सातामा आठौं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

यही भदौ ११ गतेदेखि १४ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो । अधिवेशन आउदो फागुन १ गतेदेखि ७ हुने भएको छ । फागुन १ गते जनयुद्ध दिवसको दिन खुलामञ्चमा महाधिवेशन उदघाटन गर्ने र बन्दसत्र रोल्पाको थवाङमा गर्ने विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जानकारी दिएका छ ।

थवाङ माओवादी जनयुद्धको उदगम स्थल भएकोले थवाङमा गर्न लागेको प्रवक्ता (प्रकाण्ड) ले बताएका छन् । मंसिर महिनासम्म गाउँ, नगरको सम्मेलन र पुसमा जिल्लाको सम्मेलन सक्ने स्रोतले जनएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK