×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व राजा बिरेन्द्रको सालिकको नाममा नेपालगञ्जमा बबण्डर,आन्दोनकारी ठडाउने,प्रहरी हटाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पूर्व राजा बिरेन्द्रको सालिकको नाममा नेपालगञ्जमा बबण्डर,आन्दोनकारी ठडाउने,प्रहरी हटाउने

१७ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपालगञ्जको धम्वोजी(विरेन्द्र चोक) मा राष्ट्रवादी युवाहरुको समूहले बिहीवार प्रहरीलाई झुक्याएर राखेको राजा विरेन्द्रको शालिक प्रहरीले आज शुक्रबार हटाएको छ ।
सरकारको सर्वदलीय बैठकको निर्णय सँगैं पूर्वराजा विरेन्द्र शाहको सालिक प्रहरीले मध्यरातमा हटाएको प्रहरी उपरीक्षक टेकप्रसाद राईले बताएका छन् । हिजो दिउँसो  प्रहरी र आन्दोलनकारी बीच झडप भएको थियो । झडपका क्रममा आन्दोलनरत केही युवाहरु घाइते भएका थिए ।
विरेन्द्र चोकमा पूर्व राजा विरेन्द्रको सालिक विहिन रहेको स्तम्भलाई सफा गर्ने भन्दै युवाहरुले प्रहरी सँग अनुमति मागेका थिए । प्रहरीको अनुमति पाए सँगै उनीहरुले कसैले थाहा नपाउँने ढङगले सालिक ठड्याएका थिए ।
‘राज्य गणतन्त्रमा गइसकेको छ, अब पनि पूर्व राजाका नाममा कसैले विवाद झिक्ने र शान्ति सुरक्षामा खलल पुर्याउने  काम कसैले गर्नुहुदैन । यस्ता गतिविधीले देशको शान्ती  र सुरक्षाा व्यवस्थामा खलल उत्पन्न गराउँने काम मात्र गर्दछ, त्यसैले हामीले आज राति नै शालिक हटाएका हौ’ प्रहरी उपरीक्षक राईले भने । २०६२÷६३ को जनआन्दोलनका क्रममा पूर्व राजा विरेन्द्रको शालिक हटाइएको हो ।
  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी