
- अर्थ सरोकार सम्बाददाता
अष्ट्रेलिया – बिगत लामो समय नेपाली पत्रकारितामा सक्रिय रही हाल अष्ट्रेलियामा रहेका सञ्चारकर्मी चिरञ्जीवी राज देवकोटा मानार्थ पर्यटनदूत नियुक्त भएका छन् । नेपाल पर्यटन बोर्डले अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि सञ्चारकर्मी देवकोटालाई अवैतनिक पर्यटनदूतको रुपमा आगामी दुई वर्षका लागि नियुक्त गरेको छ । नेपाल पर्यटन बोर्डले विभिन्न शहरहरुका लागि पर्यटनदूत नियुक्त गरिरहेको छ ।
को हुन् चिरञ्जीवी राज देवकोटा ?
बिगतलामो समय नेपाली पत्रकारितामा सक्रिय रहेका र हाल अष्ट्रेलियाबाट संचालन हुने माइ नेपाल टिभीमा आवद्द रहेका देवकोटाले नेपालमा पछिल्लोपटक न्यूज २४ टेलिभिजनको समाचार प्रमुखको रुपमा भूमिका निर्वाह गरेका थिए । त्यसअघि सगरमाथा टेलिभिजनमा समेत लामो समय काम गरेका देवकोटाले इमेज च्यानल टेलिभिजन, नेपाल वान टेलिभिजनसमेत गरी १० बर्षभन्दा बढी टेलिभिजनकर्ममा बिताएका छन् ।
नेपाल अष्ट्रेलियाबीच सन् १९६० मा दौंत्य सम्बन्ध स्थापित भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्