
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बैदेशिक रोजगारीका लागि बर्षेनि लाखौँ नेपालीहरु जान्छन् । धेरै नेपालीहरु अझै पनि बैदेशिक रोजगारीका लागि जाने सुरमा पनि छन् । तर अब सजग हुनुपर्ने बेला भएको छ । यस अघि नै कालो सूचीमा परेको ‘म्यारिगोल्ड ओभरसिज’ र दुबई स्थित ‘ब्लु ओसन युनिभर्सल कन्सल्टेन्ट’ले बैदेशिक रोजगारीमा जान खोज्ने २२ नेपाली युवाबाट लाखौं रुपैयाँ ठगी गरेको पाईएको छ ।
‘पहिले दुबईमा बर्षदिन काम गरेपछि त्यतैबाट क्यानडा पठाईदिन्छौं’ भन्दै दुबईमा ब्लु ओसन कन्सल्टेन्सी सञ्चालन गर्दै आएका सरोज विष्टलेम्यारिगोल्ड ओभरसिजका संचालक रविन्द्र कुमार श्रेष्ठसँग मिलेर २२ युवाबाट जनही दुई लाख पचास हजार ठगी गरेको पिडीतहरुको आरोप छ । दुइ कम्पनी मिलेर ठगे । दुबई त आइयो तर बर्षदिन क्लिनिङ कम्पनीमा काम गर्दा पनि तलव नपाएपछि क्यानडा जाने सपना त्यागेका केहि नेपालीहरु अहिले नेपाल फर्किसकेको बताइएको छ ।
ठगिएको भन्दै स्ट्याटस लेख्दा प्रहरीको चेतावानी !
यसरी दुइ कम्पनीको मिलेमतोमा आफु ठगिएको बताउने नेपाल फर्केका युवाहरुले सामाजिक संजालमा ‘आफुहरु म्यारिगोल्ड र ब्लु ओसन नामक कन्सल्टेन्सीबाट ठगिएको’ उल्लेख गर्दै अन्य युवालाई सचेत रहन आग्रह गर्दै फेसवुक स्ट्याटस लेख्दा उल्टै प्रहरीको गाली खानु परेको छ । ‘हामीबाट दुई लाख पचास हजार ठग्नेहरुले एउटा फेसवुक स्ट्याटसको भरमा उल्टो हामीलाई साइबर क्राइम लगाए’ सोहि प्रकरणका अर्का पीडित नविन खड्काले भने, ‘महानगरिय प्रहरी अपराध महाशाखाको साइबर क्राइम हेर्ने एक प्रहरी अधिकारीले हामीलाई बोलाएर स्ट्याटस डिलिट नगरे जेल हालिदिने चेतावनी दिए ।’
के भन्छन् प्रहरी ?
‘उहाँहरुले दुइ मेनपावर ब्यवसायीलाई ‘माफिया’ भन्नुभएको रहेछ, त्यसैले उजुरीका आधारमा उहाँहरुलाई बोलाएर सोधपुछ गरेका हौं । माफिया भन्ने सब्द कसैलाई विना आधार प्रयोग गर्न पाईदैन ।’
यता म्यारिगोल्डका संचालक रविन्द्र कुमार श्रेष्ठले भने उनीहरुबाट २ लाख ५० हजार नलिएको र सरकारी नियम अनुसारकै शुल्कमा उनीहरुलाई वैदेशिक रोजगारीमा पठाएको दावी गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्