×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्यारेकबाटै हतियार गायब भएपछि सेनामा खैलाबैला

PRIME CA
GLOBAL IME BANK

ब्यारेकबाटै हतियार गायब भएपछि सेनामा खैलाबैला

२४ श्रावण २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ – दीपायलस्थित सेनाको सुदूरपश्चिम पृतनाबाट हतियार गायब भएका छन् । पृतनाले भने त्यसबारे यकिन जानकारी सार्वजनिक गरेको छैन । सर्ट मेसिन गन (एसएमजी) एक थान र दुईवटा लोडेड म्याग्जिन हराएको सैनिक स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आइतबारदेखि घटनाबारे अनुसन्धान सुरु भएको छ । यसअघि स्थानीय सञ्चारमाध्यममा हतियारसहित जवान भागेको समाचार प्रकाशन÷प्रसारण भएको थियो । उक्त समाचारप्रति सेनाले आपत्ति जनाएको थियो ।

पृतनाभित्रबाट कुनै पनि जवान गायब नभएको तर हतियारबारे छानबिन भइरहेको स्रोतको भनाइ छ ।हातहतियार गणना तथा जाँच भइरहेकै बेला सेनाले काठमाण्डुबाट विशेष टोलीलाई हेलिकप्टरमा झिकाएर अनुसन्धान तीब्र बनाएको छ । सेनाले राजमार्ग क्षेत्रमा पनि खोजतलास गरिरहेको छ । ठाउँ–ठाउँमा प्रहरी र सेनाले शंकापद व्यक्तिसँग सोधपुछ र जाँच गरिरहेका छन् । -कान्तिपुर दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: