- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचांदीको मूल्य घटेको छ। शुक्रबार प्रति तोला ५९ हजार ५ सयमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ६ सयले घटेर प्रति तोला ५८ हजार ९ सयमा भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।
चांदी भने प्रति तोला ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचांदी व्यवसायी महासंघले आइतबारको कारोबारका लागी प्रति १० ग्राम सुनको मूल्य ५० हजार ५ सय रुपिया कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार २ सय ८५ रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ७ सय ६३ रुपैयाँ कायम गरेको छ। शुक्रबार सुनको मूल्य दुई वर्ष यता कै महँगो भएको थियो ।