
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं- अनुदान वितरणमा घोटाला भएको भन्दै कृषि विकास मन्त्रालय मातहतमा सञ्चालनमा रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
अख्तियारको टोलीले चौथो चरणको अनुदान वितरण गर्न लागिएका फाइलाहरु आफ्नो कब्जामा लिएको छ । सन् २००९ देखि २०१८ सम्मका लागि विश्व वैंकले कृषिलाई व्यवसायिकरण गर्नका लागि अनुदान वितरण गर्नका लागि कृषि विकास वैंक मार्फत सो आयोजना सञ्चालन भईरहेको छ ।
अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले चौथो चरणका लागि अनुदान वितरण गर्नका लागि छनौट भएका एक सय संघसंस्थाहरुलाई सम्झौता गर्ने अन्तिम तयारीमा जुटेका बेला छनौटमा परेका तथा प्रस्ताव पेश भएका अनुदानका फाइलहरु लिएर गएको छ ।
चौथो चरणको अनुदानका लागि १६ सय प्रस्ताव पेश भएको भएपनि १ सय संस्थाहरु अनुदान प्राप्त गर्नका लागि योग्य ठह¥याएर छनौट गरिएको थियो । चौथो चरणको अनुदान वितरणमा अनियमित भएको भन्दै अख्तियारले छापा मारेको बताइएको छ ।
अनुदान वितरणमा व्यापक घोटाला भएको र कमिसन लिएर अनुदान वितरण भएको उजुरीपछि अख्तियारले प्याक्टमा छापा मारेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्