
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले म्याग्दी नदीको कटानका कारण जोखिममा परेको बेनी नगरपालिका–४ तातोपानीको मसार बस्तीदेखि लमजुङ–मनाङ जिल्ला जोड्ने बेँसीशहर –चामे सडकअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–६ खरखरे भीरमा जोखिम मोलेर यात्रा गरिरहेका सर्वसाधारणसम्मकालाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
म्याग्दी नदीको कटानका कारण जोखिममा परेको बेनी नगरपालिका–४ तातोपानीको मसार बस्ती । यहाँ म्याग्दी नदीले तीनवटा घर भत्काएको छ भने १४ परिवार विस्थापित भएका छन् ।

लमजुङ–मनाङ जिल्ला जोड्ने बेँसीशहर –चामे सडकअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–६ खरखरे भीरमा बिहीबार जोखिम मोलेर यात्रा गर्ने क्रममा यात्रु । वर्षासँगै आएको बाढी पहिराले गत मंगलबार सडकमाथिबाट पहिरो र सडक तल मस्र्याङ्दी नदीले खोलेर सडक नै अवरुद्ध भएको छ । भीरको सडक मर्मत हुन नसक्दा यसरी नै जोखिम मोलेर यात्रु हिँड्ने गरेका छन् ।

तनहुँको सदरमुकाम दमौलीस्थित गण्डकी पुस्तक भण्डारमा बिहीबार पुस्तक खरिद गर्न सर्वसाधारणको भीड । यही असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएसँगै पुस्तक पसल खोल्न थालिएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाका–१२ रातमाटा बाख्रापालन कृषक समूहका प्रतिनिधि बहुवर्षीय घाँस सङ्कलन गर्दै । यो गाउँलाई बाख्रापालनको नमूना गाउँका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

म्याग्दीको सदरमुकाम बेनीको कालीपुलमा पसेको बाढीले पुरिएको बसपार्क र सडक । अर्थुङ्गे हुँदै बग्ने खोल्सामा बाढी आएकाले बसपार्क क्षेत्रमा हिलो, ढुङ्गा र माटो थुप्रिएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका सिउनीटार तथा त्यस आसपास क्षेत्रका सडक किनारमा माछा पालनका लागि बनाइएका पोखरी ।

गत मङ्गलबारदेखि सिन्धुपाल्चोक क्षेत्रमा आएको वर्षात्का कारण इन्द्रावती खोलामा बढेको बहाव ।

घोराही– ७ स्थित सौडियारका चौधरी समुदायका मानिस घर नजिकैको खोलामा बिहीबार माछा मार्दै । खोलामा आएको भेलसँगै माछा पनि आउने भएकाले माछा मार्न आएको उनीहरू बताउँछन् ।

निरन्तरको वर्षापछि तनहुँको बन्दीपुर गाउँपालिका–२ थारुवासमा जोखिममा परेको घर । वर्षाले ढिस्को भत्काएपछि घर जोखिममा परेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्