×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पशुपति आर्यघाटमा दाह संस्कार गर्दा दाउरा किन्नुपर्दैन, सरकारले निः शुल्क दिन्छ’ : वनमन्त्री आले (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

‘पशुपति आर्यघाटमा दाह संस्कार गर्दा दाउरा किन्नुपर्दैन, सरकारले निः शुल्क दिन्छ’ : वनमन्त्री आले (भिडियो रिपोर्ट)

१७ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा युवा समावेशिता विषयक दुईदिने राष्ट्रिय गोष्ठिको उद्घाटन समारोहमा बोल्दै वन मन्त्री आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै वन तथा वातावरण मन्त्रालयले निशुल्क दाउरा उपलब्ध गराउने बताउनुभएको हो । यसको निम्ति मन्त्रालयले गृहकार्य अगाडी बढाएको र यसैपल्ट लागु गरिने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘कम्तिमा पनि पशुपति आर्यघाटमा १२÷१५ हजार तिरेर दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थामा कम्तिमा यो निशुल्क गर्नुपर्छ भनेर मेरो मन्त्रालयले यो गृहकार्य अगाडी बढाएको छ । यसैपल्ट यो लागु गर्दैछौँ ।’
मन्त्री आलेले खुल्ला चिडियाखानाको अवधारणा अगाडी बढाएको पनि बताउनुभयो । कम्तिमा ३५ जिल्लामा यो कार्यक्रम अगाडी बढाउनको निम्ति मन्त्रालयमा छलफल गरिरहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘अपन जु को रुपमा कन्सेप्ट मैले अगाडी बनाएको छु । कम्तिमा पनि ३५ वटा जिल्लामा यो कार्यक्रम अगाडी बढाउनुपर्छ भनेर मैले मेरो मन्त्रालयबाट बजेटको तयारी अगाडी बढाएको छु । यो अगाडी बढाउनुपर्छ कि भनेर मैले मेरो मन्त्रालयमा छलफल अगाडी बढाइसकेको छु ।’ उहाँले प्रधानमन्त्री जडिबुटी तथा कृषि वन रोजगार कार्यक्रम मन्त्रालयले अगाडी बढाएको पनि बताउनुभयो । कम्तिमा ७ वटा जिल्लाबाट जडिबुटी उत्पादनको पकेट क्षेत्रको रुपमा कार्यक्रम अगाडी बढाउने उहाँले जानकारी दिनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: