×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली खाता खोलेर ३४ करोड ठगी

PRIME CA

नक्कली खाता खोलेर ३४ करोड ठगी

२२ श्रावण २०७२, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

कर्मचारीकै मिलेमतोमा कृषि विकास बैंकमा नक्कली खाता खोलेर ३३ करोड ९९ लाख रुपैयाँ ठगी भएको छ । बैंकको स्वयम्भू शाखाका अधिकृत केदार गौतमको योजनामा रकम हिनामिना भएको प्रहरीले जनाएको छ । प्रहरीले गौतम र शाखा प्रबन्धकसहित पाँचजनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मुख्य योजनाकार गौतम, शाखा प्रबन्धक भरत बानियाँ, बैककी सहायक कर्मचारी गीता पन्तलाई पक्राउ गरेको हो । गौतमका दुई श्रीमतीको समेत संलग्नता भेटिएपछि उनीहरूलाई पनि सिआइबीले अनुसन्धानका लागि हिरासतमा राखेको छ । विभिन्न मितिमा उनीहरूलाई पक्राउ गरी सिआइबीले बैंकिङ कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ ।

गौतमले विभिन्न व्यक्तिको नाममा बैंकमा किर्ते नागरिकताका आधारमा खाता खोलेका थिए । ती खातामा उपत्यकाबाहिरका जिल्लाबाट आन्तरिक रेमिटेन्स आएको देखाइएको थियो । रेमिटेन्सबापत पैसा नआए पनि उनले पैसा आएको सिस्टममा देखाउने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खातामा पैसा जम्मा भएपछि गौतमले विभिन्न व्यक्तिमार्फत भुक्तानी लिने गरेका थिए । हालसम्मको अनुसन्धानमा उनले ५९ पटक गरेर ३३ करोड ९९ लाख रुपैयाँ त्यसरी ठगी गरेको अनुसन्धानमा खुलेको हो ।
खातामा रहेको पैसा चेकमार्फत भुक्तानी लिइएको थियो । रेमिटेन्ससम्बन्धी कामको जिम्मेवारी गौतमको नभए पनि उनले गोप्य रूपमा त्यससम्बन्धी डाटा इन्ट्रीको काम गर्दै आएका थिए । पैसा नै नआईकन करोडौँ रकम खातामा जम्मा भएको देखाएर भुक्तानी दिँदासमेत थाहा नहुनुमा बानियाँको चरम लापरबाही देखिएकाले उनलाई सिआइबीले पक्राउ गरेको हो ।
गत वर्ष असोजदेखि विभिन्न मितिमा त्यसरी घोटाला भएको हो । बैंकले केही महिनाअघि नै उनलाई निलम्बन गरिसकेको थियो । बैंकले हिनामिना थाहा पाएपछि भागेका गौतमलाई भने सिआइबीले भारतबाट पक्राउ गरी ल्याएको थियो । त्यसरी ठगेको पैसाले उनले अपार्टमेन्ट तथा गाडी खरिद गरेको खुलेको छ ।
पक्राउ परेकी सहायक कर्मचारी पन्तको समेत घटनामा संलग्नता देखिएको छ ।
प्रहरीका अनुसार सुरुमा उनले रेमिटेन्सको इन्ट्री गर्ने गरेकी थिइन् । गौतमसँग मिलेर उनले नआएको पैसाको पनि इन्ट्री गर्थिन् । अर्को शाखामा काम गर्ने भए पनि पन्तकै कम्प्युटरमार्फत गौतमले खातामा पैसा आएको रेकर्ड मिलाइदिने गरेको आजको नया पत्रिका दैनिकमा समाचार छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: