- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा बिहिबार (असार ३१ गते) बस्दै छ । कम्पनीले सभा केन्द्रीय कार्यालय बनेपामा बिहान ११ बजे बोलाएको हो । कम्पनीले सभाबाट आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले हाल कायम जारी पूँजीको ३०% आइपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो । यस्तै सभामा अन्य कुनै लघुवित्तसँग मर्जर तथा एक्विजिसनमा जाने भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुँदैछ ।