×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सम्राट सिमेन्टलाई चौधरी ग्रुप्को धोका : सेयर बिक्रीको रकम नपाएपछि बैंकलाई खाता रोक्का गर्न पत्रचार !

अर्थ सरोकार

प्रकाशित मिति : २६ असार २०७८, शनिबार

PRIME CA

सम्राट सिमेन्टलाई चौधरी ग्रुप्को धोका : सेयर बिक्रीको रकम नपाएपछि बैंकलाई खाता रोक्का गर्न पत्रचार !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं- चौधरी ग्रुपसहित दुई कम्पनीले आफुहरुलाई सेयर बिक्री गरिएको रकम समयमा नदिएर ‘धोका’ दिएको भन्दै सम्राट सिमेन्टका लगानीकर्ताले सम्झौताअनुसार काम नगरेको कारण देखाउंदै सेयर कारोबार रोक्का गर्न सम्बन्धित बैंकहरुलाई पत्र पठाएका छन् । सम्राट सिमेन्टका मुख्य लगानीकर्ता मुकुन्द तिमिल्सिना, छुतेन लामा, प्रज्ञान तिमिल्सिना, उद्धव रेग्मी, सुधीरप्रसाद तिमिल्सिना र ज्ञानेन्द्र खनालले बैंकलाई पत्र लेख्दै सेयर कारोबार रोक्काका लागि आग्रह गरेका हुन् ।
‘सम्राट सिमेन्टको सेयर खरिद तथा बिक्री सम्झौतामा तोकिएबमोजिमको समय तथा सर्तबमोजिम सेयर खरिद बिक्री तथा भुक्तानीसम्बन्धी व्यवस्था कार्यान्वयन हुन नसकेकाले यस बैंक तथा सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरुसँगका सम्पूर्ण कारोबारसँगै उक्त कम्पनीका नाममा रहेका खाताहरुसमेत रोक्का गरी पाऊँ।’ अर्थ सरोकार डटकमलाई विशेष स्रोतबाट प्राप्त उक्त पत्रमा भनिएको छ ।
भएको के हो ?
२०७७ चैत ३ गते लगानीकर्ता बैंक सिटिजन्स इनटरनेसनल बैंकको रोहबरमा सम्राट सिमेन्टको ३४.२५ प्रतिशत सेयरमध्ये ३० प्रतिशत चौधरी ग्रुप र ४.२५ प्रतिशत सेयर निल रुङगटाले किन्ने सम्झौता भएको थियो भने सो सम्झौता अनुसारको रकम २० वैशाखभित्र चुक्ता गर्नेसमेत सहमति भएको थियो । तर चौधरी ग्रुप र रुंगटाले तोकिएको समयसीमाभित्र सेयर बिक्रीकर्ताहरुको खातामा नहालिदिएपछि लफडा निम्तिएको हो ।
सेयर किनेको रकम तिर्ने अवधि ६० दिन कटिसक्दा पनि खरिदकर्ताबाट कुनै प्रतिक्रिया नआएपछी बैंकलाई पत्र लेख्नुपरेको लगानीकर्ताको दाबी छ । १२ सय करोड रुपैयाँ चुक्ता पुँजी भएको सम्राट सिमेन्ट २०६९ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको कम्पनी हो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: