- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अटोमोबाइल्स कम्पनी हुन्डाईले कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न १३ वटा पदमा ४५ जना कर्मचारीको माग गरेको हो ।
कम्पनीले क्यानेजरमा शोरूम इन्चार्ज, सेल्स असिस्टेन्ट, मार्केटिङ अफिसर, मिडिया रिलेसन अफिसर, टेक्निसियन, सर्भिस एड्भाइजर, फाइनान्स एण्ड एकाउन्टेट अफिसरलगायतका पदमा दरखास्त आह्वान गरेको हो ।
कम्पनीले तोकेको शैक्षिक योग्यता र अनुभव पुगेका इच्छुक आवेदकले साउन १ गतेसम्म कम्पनीको आधिकारीक वेव साइटमा आवेदन दिन सक्नेछन् ।