- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षा रद्द गर्ने निर्णय गरेको छ । असार २१ गते बसेको आयोगको बैठकले आन्तरिक, खुला तथा समावेशीतर्फका लिखित परीक्षाहरू रद्द गर्ने निर्णय गरेको हो ।
परीक्षा रद्द गर्न राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघका अध्यक्ष हेमराज सुवेदीले अदालतमा रिट निवेदन दिएका थिए । उक्त रिटमाथि सुनुवाए गर्दै सर्वाेच्चले कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरेकाे थियाे । २०७७ मंसिर १७ मा सर्वोच्चले दिएको फैसलाको कार्यान्वयन गर्दै आयोगले परीक्षा रद्द गरेको हाे ।