- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । विकाश थापाको जाहेरीमा प्रहरीले बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ बस्ने वर्ष ५९ को लाक्पा लामालाई आज चक्रपथबाट पक्राउ गरेको हो ।
२०७५ सालमा लामाले व्यापार व्यवसाय गर्नको लागि थापाबाट रकम लिएका थिए । पछि लामाले पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी तत्कालिन जनता बैंकमा रहेको आफ्नो नामको खाताबाट भुक्तान हुने गरी १५ लाख रुपैंया बराबरको चेक काटी दिएका थिए ।
उच्च अदालत पाटनले लामामाथि ७ (सात) दिन कैद र १५ (पन्ध्र) लाख जरिवाना हुने ठहर गरेको थियो । त्यसपछि उनि फरार थिए । उनीमाथि अब बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको छ ।