
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको उक्त सेयरमा आवेदन दिन सकिने भएको हो । बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा ३० लाख इकाई ‘एनआइसी ऋणपत्र २०८८’ जारी गरेको थियो । कुल ३० लाख इकाईमध्ये १२ लाख इकाईमा सर्वसाधारणले लगानी गर्न सक्नेछन् भने बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले यस ऋणपत्रमा वार्षिक व्याजदर ८.५% दिने जनाएको छ भने ऋणपत्रमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । एनआइसीले ऋणपत्र निष्कासनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । बैंकको ऋणपत्रलाई कियर रेटिङ नेपालले कम जोखिम जनाउने कियर एनपी सिंगल ए रेटिङ प्रदान गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्