
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रहरीले ‘क्यानडा पठाइदिन्छु’ भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर ७ घर भई काठमाडौंको नयाँ बानेश्वर बस्ने २१ वर्षीय प्रजिन अधिकारीलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार उक्त आरोपमा पक्राउ गरेको हो ।
अधिकारीले सर्लाही लालबन्दी नगरपालिका रानीगञ्ज बस्ने ३० वर्षीया यमुना बस्नेतलाई वर्किङ भिसामा क्यानडा पठाएर राम्रो काममा लगाइदिने आश्वासन दिएर १७ लाख रूपैयाँ लिएका थिए । तर पछि उनी सम्पर्कविहीन भई फरार भएपछि महाशाखामा गत वैशाख १३ गते जाहेरी परेको थियो।
सोही जाहेरीको आधारमा प्रहरीले बनेपा नगरपालिका वडा नम्बर २ दाहाल गाउँबाट प्रजिन अधिकारीलाई पक्राउ गरेको महाशाखाले जनाएको छ । अधिकारीले विभिन्न व्यक्तिहरूलाई यसरी नै करिब एक करोड ५० लाखभन्दा बढी रकम ठगेको पाइएको छ । उनीमाथि थप अनुसन्धान गर्न महाशाखाले महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्