- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रारमा सिभिल क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीकाे असार ३० गते बसेकाे सञ्चालक समितिकाे बैठकले साउन ४ गतेदेखि उक्त क्यापिटललाई नियुक्त गरेको हो ।
अब सोहि क्यापिटलबाट धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्नेलगायतका सम्पूर्ण कार्य हुनेछ ।