Skip to content
LAXMI SUNRISE BANK

वडा सचिवको कोठाबाट सामाजिक सुरक्षा भत्तावापतको ३९ लाख रुपैयाँ चोरी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
बझाङ । बझाङको बुङ्गल नगरपालिकाका सचिव वपिन्द्र महतोको कोठाबाट ३९ लाख रकम चोरी भएको छ । नगरपालिकास्थित वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको उक्त रकम वडा सचिवको कोठाबाट मंगलबार राति चोरी भएको हो ।
सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आएको थिए । सो रकम त्यहीँबाट चोरी भएको प्रहरीले जनाएको छ । यद्यपि कोठामा तोडफोडलगायत कुनै पनि क्रियाकलाप नभएको पाइएको छ । पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शङ्कास्पद देखिएको बताइएको छ । 
वडा सचिव महतोसहित घरमालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK