- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आइपीओ भोलि शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइपीओ बाँडफाँडका लागि धितोपत्र बोर्डमा डकुमेन्ट पठाइएको जनाएको हो । बोर्डले अनुमति दिएमा शुक्रबार नै कम्पनीको आइपीओ बाँडफाँड हुनेछ । यद्यपी बोर्डले शुक्रबारका लागि अनुमति नदिएमा बाँडफाँडमा केहि ढिलाई हुनेछ ।
प्रभु क्यापिटलले आइपीओको प्रि अलोटमेन्ट आज सम्पन्न गर्ने जनाएको छ । युनियनको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । यसमा कुल ३ अर्ब ४३ करोड ६१ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । २१ लाख ७२ हजार ८६८ जनाले ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ५.९१ गुणा बढी हो ।
कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये ५% (३ लाख २२ हजार ५०० कित्ता) कर्मचारी र ५% (३ लाख २२ हजार ५०० कित्ता) म्युचुअल फन्डको लागि छुट्याइएको थियो । बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था थियो ।