×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउन ५ गतेबाट जलविद्युत लगानी तथा विकास कम्पनीले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर जारी गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साउन ५ गतेबाट जलविद्युत लगानी तथा विकास कम्पनीले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर जारी गर्ने

१ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले साउन ५ गतेदेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ सय अंकित मूल्यमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।
यो कम्पनीले हकप्रद सेयर निष्कासनका लागि जेठ २८ गते बुक क्लोज गरेको थियो । तसर्थ, जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
हकप्रद सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने लगानीकर्ताले साउन २५ गतेसम्म ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी