×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१७ गतेदेखि खुल्दै आन्तरिक उडान, दश मिनेको अन्तरालमा जहाज उडान गर्नुपर्ने

PRIME CA

१७ गतेदेखि खुल्दै आन्तरिक उडान, दश मिनेको अन्तरालमा जहाज उडान गर्नुपर्ने

१४ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । असार १७ गतेदेखि आन्तरिक हवाई उडान खुल्ने भएको छ । संक्रमित संख्या घट्दै गएकोले उडान खोल्न लागिएको छ।
विमानस्थलका अनुसार बुद्ध एयरलाई दिनमा ३१ उडान गर्न दिइने भएको छ भने यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई ७, सौर्यलाई ३ र एसटिओएलतर्फ उडान गर्नेलाई तीन/तीन उडान स्वीकृति दिइएको छ।
भिडभाड नहुने गरी वायु सेवा कम्पनीले १० मिनेटको अन्तरालमा जहाज उडान गर्नुपर्नेछ । नियमित उडानको आधा संख्यामा एयरलाइन्सले जहाज उडाउन पाउनेछन् । 
विमानस्थल सुविधादेय समितिको आइतबार बसेको बैठकले स्वास्थ्य मापदण्ड कडाइ साथ लागु गर्न कार्यान्वयन समिति र सुपरीवेक्षण समिति पनि बनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: