×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको ९ लाख कित्ता संस्थापक सेयर बिक्री खुला, कस-कसले पाईन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको ९ लाख कित्ता संस्थापक सेयर बिक्री खुला, कस-कसले पाईन्छ भर्न ?

Artha Sarokar

२ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको ९ लाख कित्ता संस्थापक सेयर आज बुधबारदेखि बिक्री खुला गरेको छ । कम्पनीले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेगरी एनसीसी बैंकको ९ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्री खुला गरेको हो ।
यसमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले सो सेयर किन्न दिन सक्नेछन् भने यसमा असार १६ गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी