
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कामना सेवा विकास बैंकले बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय थप गरेको छ । अब उक्त ऋणपत्रमा आवेदन फागुन ६ गतेसम्म दिन सकिने भएको छ । यसअघि बैंकले माघ २६ गते सोमबारसम्म आवेदन दिन सकिने जनाएको थियो । तर सो समयमा माग अनुसारको आवेदन नपरेपछि फागुन ६ गतेसम्मका लागि आवेदन दिने समय थप गरेको हो ।
यस्तै बैंकले थप गरिएको समय अगावै मागभन्दा बढी आवेदन परेमा बन्द गरिने पनि जनाएको छ । बैंकले माघ २२ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको १० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो । यसमध्ये ४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने भएका छन् । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्ने भएको छ । यस ऋणपत्रमा वार्षिक ९.५ प्रतिशत ब्याज पाइने भएको छ ।
बैंकले १० वर्ष अवधिको ‘कामना सेवा विकास बैंक डिबेन्चर २०८७ ’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो । ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । ऋणपत्र बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यपिटल लिमिटेड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्