×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कहिले आउँछ नेपाल राष्ट्र बैंकको मौद्रिक नीति ? यसो भन्छन् कार्यकारी निर्देशक तथा प्रवक्ता ढकाल (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कहिले आउँछ नेपाल राष्ट्र बैंकको मौद्रिक नीति ? यसो भन्छन् कार्यकारी निर्देशक तथा प्रवक्ता ढकाल (भिडियो रिपोर्ट)

Artha Sarokar

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्यरो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माणको क्रममै रहेकाले उपयुक्त समयमा ल्याइने बताएको छ । आईतबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकालले मौद्रिक नीति ल्याउने सन्दर्भमा सरोकारवालाहरु सँग छलफल भइरहेको भन्दै उपयुक्त समयमा ल्याइने बताउनुभएको हो । पूर्व गर्भनरहरुसँग छलफल गर्न बाँकी नै रहेको उहाँले बताउनुभयो । सुझाव संकलन गरीरहेको र आन्तरिक तयारी गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति निर्माणको क्रममा विभिन्न सरोकारवाला निकायहरुसँग सुझाव संकलन गर्ने कार्य हामीले सम्पन्न गरिसकेका छौँ । एक दुईवटा सरोकारवाला खासगरी पूर्व गर्भनरज्यूहरु सँग सुझाव संकलन गर्ने काम बाँकी छ । र सो सुझाव संकलनको आधारमा हामी मौद्रीक नीतिको निर्माणको आन्तरिक तयारी पनि सँगसँगै गरिरहेको अवस्था छ ।’
सरकारले आर्थिक वर्ष २०७८/०७९ बजेट अध्यादेशबाट ल्याएको र हाल सरकार समेत परिवर्तन भएको सन्दर्भमा मौद्रिक नीति कहिले आउँछ भन्ने चासोको विषय बनेको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी