×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलाबारदेखि जलविद्युत लगानी तथा विकास कम्पनीको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर बिक्री खुला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंगलाबारदेखि जलविद्युत लगानी तथा विकास कम्पनीको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर बिक्री खुला

४ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले भोलि मंगलबारदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ सय अंकित मूल्यमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।
यो कम्पनीले हकप्रद सेयर निष्कासनका लागि जेठ २८ गते बुक क्लोज गरेको थियो । तसर्थ, जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
हकप्रद सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने लगानीकर्ताले साउन २५ गतेसम्म ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी