काठमाडौं । तेह्रथुम पावर कम्पनीले आयोजना प्रभावित स्थानीयहरुका लागि आजदेखि आइपीओ जारी गरेको छ । कम्पनीले तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँको दरले ४ लाख कित्ता सेयर जारी गरेको हो ।
जसमा लगानीकर्ताले साउन १९ गतेसम्म १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । १९ गतेसम्म सबै आइपीओ बिक्री नभएमा भदौ २ गतेसम्म बिक्री खुला रहनेछ । तेह्रथुमको आइपीओमा एनआएबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले तेह्रथुम पावरलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउने रटिङ दिएको छ । लगानीकर्ताले माछापुच्छ्रे बैंकको हिले शाखा, ग्लोबल आइएमई बैंकको जिरिखिम्ती शाखा तथा नेपाल बंगलादेश बैंकको तेह्रथुम जिल्लामा रहेका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् ।
साथै तेह्रथुम पावरको जलविद्युत आयोजना स्थलबाट पनि आइपीओमा आवेदन दिन सकिनेछ । यस कम्पनीले तेह्रथुम जिल्लामा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।