×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : पहिरोले डोटीको मौवा मेल्लेक सडक अवरुद्ध, गिरीघाटमा बसोबास गर्न बाध्य दलित समुदाय…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : पहिरोले डोटीको मौवा मेल्लेक सडक अवरुद्ध, गिरीघाटमा बसोबास गर्न बाध्य दलित समुदाय…!

७ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले वर्षादका कारण पहिरो झरेर अवरुद्ध भएको डोटीको मौवा मेल्लेक सडकदेखि डोब्का र सिस्नेरीमा बाढी आएपछि गिरीघाटमा बस्दै आएका दलित समुदायसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

वर्षाद्का कारण पहिरो झरेर अवरुद्ध भएको डोटीको मौवा मेल्लेक सडक ।

विसं २०७१ साउन ३० गतेदेखि सुर्खेतको बराहताल गाउँपालिका –२ गिरीघाटमा बस्दै आएका बाढी पीडित । बराहताल दुबीचौर, डोब्का र सिस्नेरीमा बाढी आएपछि दलित समुदाय गिरीघाटमा बस्दै आएका छन् ।

डोटीको दिपायलस्थित सेती नदीमाथि निर्माण गरिएको मोटरवेल पुल ।

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको केत्तुके र मानेभञ्ज्याङमा किसानले लगाइएको गाँजा फडानी गर्दै सुरक्षाकर्मी । मानेभञ्ज्याङ गाउँपालिकाको अधिकांश स्थानमा स्थानीयले व्यावसायिक रुपमा गाँजाखेती गर्दै आएका छन् ।

रामपुर नगरपालिका–८ स्थित नागिनी एग्रो एण्ड रिसर्च सेन्टर प्रालिमा मेसिनबाट घाँस काट्दै युवा । मेसिनमा राखेर काटेको घाँस दाना र परालमा मिसाएर पशुलाई खुवाउने गरिन्छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा बिहीबार नेपाल खेलकुद महासङ्घ जिल्ला शाखा भक्तपुरको आयोजनामा मध्यपुर थिमि शङ्खधर पार्कमा वृक्षरोपण गरिँदै ।

धुञ्चेमा स्थापित मत्स्य अनुसन्धान केन्द्रले उत्पादन गरेका रेन्वो ट्राउट माछा । केन्द्रले गत आवमा ४० हजार भूराका साथै प्राविधिक ज्ञान समेत प्रदान गरेको छ ।

समूद्र सतहदेखि चार हजार २०० मिटर उचाईमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङमा क्षेत्रमा गोठको नजिकै बाँधिएर राखेका याकको बाछा ।

अरनिको राजमार्ग अन्तर्गत सबैजसो व्यस्त रहने लोकन्थली–जडिबुटी–कोटेश्वर–६ लेन सडकखण्डमा शुक्रबार देखिएको सवारी साधनको चाप रहेका समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको विमान ।

आन्तरिक तथा वाह्य पर्यटकको आकर्षक गन्तव्यमा पर्ने कञ्चनपुरको बेदकोट नगरपालिकामा अवस्थित बेदकोट ताल ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी