×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सार्वजनिक यातायात र ट्याक्सीहरु सडकमा तेर्स्याएर यातायात महासंघ प्रदर्शनमा उत्रियो, दियो यस्तो चेतावनी (भिडियो रिपोर्ट)

PRIME CA

सार्वजनिक यातायात र ट्याक्सीहरु सडकमा तेर्स्याएर यातायात महासंघ प्रदर्शनमा उत्रियो, दियो यस्तो चेतावनी (भिडियो रिपोर्ट)

७ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारलाई ७ बुँदे मागको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको छ । काठमाडौंमा बिहीवार सार्वजनिक यातायात र ट्याक्सीहरु सडकमा तेर्स्याएर महासंघ प्रदर्शनमा उत्रिएको हो । महासंघले कोभिड खोप उपलब्ध गराउने, यातायतको भाडा एवं ट्याक्सीको शुरुवाती कल समयोजन गर्न, मौद्रीक नीतिमा आफ्नो माग समाविष्ट गर्न, २० वर्ष अवधि पुगेका सवारीको अवधि थप गर्न, यातयातको बीमा छुट गर्न र सडक कानून लागू गर्नेलगायतका माग गर्दै सांकेतिक प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष भरत तिमल्सिनाले महासंघको सांकेतिक आन्दोलनलाई सरकारले नसम्झिए सडकमै गाडी राखेर आन्दोलन गर्ने बताउनुभयो । उहाँले सांकेतिक आन्दोलन नसम्झिए सडकमै सवारीसाधन छोडेर हिँड्नुपर्ने दिन नआओस् भन्दै सरकारलाई चेतावनीसमेत दिनुभएको छ ।
उहाँले भन्नुभयो, “शान्तिपूर्ण रुपमा सबै सवारीसाधन घर र ग्यारेजबाट निकालेर सरकारलाई ७ बुँदे मागको ध्यानाकर्षण गाउनका निम्ति सवारी निकालेका छौँ, २० वर्ष पुगेकै नाउँमा सवारीसाधन फ्यांकिनु हुँदैन, वैज्ञानिक नीति र यान्त्रिक चेकजाँच गरेर मात्रै ठिक भए चलाउने र बिग्रिएको भए फाल्नुपर्छ, यो आन्दोलनलाई नसम्झिए सडकमै सवारी छोडेर जान्छौँ, यो कुरा सरकारले बेलैमा सोचोस् ।” वैज्ञानिक किसिमले सवारी साधनको आयु तय गर्नुपर्ने भन्दै वरिष्ठ उपाध्यक्ष तिमल्सिनाले आफ्ना सबै माग यथाशीघ्र सरकारले सुनुवाइ गर्नुपर्ने बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: