Skip to content

बिहिबार १७.५३ अंकले घट्यो नेप्से परिसूचक, बजार २७१४.०५ बिन्दुमा

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १४ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ । यस कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।