Skip to content
LAXMI SUNRISE BANK

‘पूँजी बजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्री चिठ्ठा खेलाउनमा व्यस्त’ -सांसद संग्रौला

अर्थ सरोकार

काठमाडौँ ।श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले सरकारको चालु आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गरेकी छिन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।

सांसद सङ्ग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वास भएको संकेत भएको बताएकी छिन् । उनले भनिन् ‘बैंकिङ प्रणालीमा यतिधेरै तरलता हुँदा पनि किन कोही लगानी गर्न ऋण लिन चाहिरहेको छैन ? के व्यवसायीहरूलाई दुई तिहाइ बहुमतको सरकारको अर्थनीतिमा अविश्वास भएकै हो त ?’

उनले ३६ देशलाई चिनेको भनी दाबी गर्ने गरिएका अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नै देशलाई चिन्न नसकेको आरोप पनि लगाएकी छिन् ।

उनले सरकार गठन भएयता पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबी पनि गरेकी छिन् । ‘वर्तमान सरकार गठन भएपछि पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको छ । तर यत्रो समस्या हुँदा पनि अर्थमन्त्री चाँहि चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छ ।’ संग्रौलाले भनिन् । 

उनले अर्थमन्त्री वाग्लेले पूँजीबजारमा देखिएको समस्या समाधान गर्नुको सट्टा चिठ्ठा खेलाउनमा व्यस्त रहेको आरोप पनि लगाएकी छिन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK