×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालय टेलिभिजनले चोर्यो अर्काको सम्पत्ति, टेलिभिजनको लाचारी छताछुल्ल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालय टेलिभिजनले चोर्यो अर्काको सम्पत्ति, टेलिभिजनको लाचारी छताछुल्ल

Artha Sarokar

२० जेष्ठ २०७३, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

समाजमा भएका विकृतिलाई दर्शकमाझ पुर्याउने दावी गर्ने टेलिभिजनले आफैं भने अरुको सम्पत्तिमाथि हमला गरेको छ । सरकारले यो गरेन र त्यो गरेन भनेर कहिले नथाक्ने टिभीले आफु भने एउटा फुटेज खिच्न नसकेर अरुको सम्पत्ति माथि धावा बोलेको छ । काठमाडौँबाट प्रशारण हुने टेलिभिजन हिमालय टेलिभिजनले सिए सरोकारको सम्पत्ति चोरेको छ । टेलिभिजनले केहि दिन अगाडी प्रशारण गरेको कार्यक्रम प्राइम स्टोरीमा सिए सरोकार टेलिभिजन कार्यक्रमका फुटेजहरु कार्यक्रम निर्माण कम्पनीको अनुमति बिना चोरेर प्रयोग गरेको छ । 

कुल ११ मिनेट २० सेकेन्डको कार्यक्रममा अधिकांस फुटेज सिए सरोकार टेलिभिजन कार्यक्रमको चोरी गरिएको छ । सिए सरोकार टेलिभिजन कार्यक्रमका  १५८, १५६, १२०, १२६ भाग लगायतका भिडियोहरु युट्युबबाट बिना अनुमति साभार गरी टेलिभिजनले दुरुपयोग गरेको छ । बिगत तीन वर्षदेखि सिए क्षेत्रका समाचारहरु सम्प्रेषण गर्दै आएको सिए सरोकार टेलिभिजन कार्यक्रम हाल न्युज २४ टेलिभिजनमा प्रशारण भइरहेको छ ।   
टेलिभिजनले गरेको उक्त कार्यप्रति कार्यक्रम निर्माता सुरज प्याकुरेलले खेद प्रकट गरेका छन् । ‘हाम्रो सम्पत्ति हाम्रो अनुमति विना प्रयोग गरिएको छ । अझ दुखलाग्दो कुरा त कार्यक्रममा प्रस्तुत भएका अधिकांस कुराहरु गलत छन् भने ती गलत कुराहरुको रिपोर्ट बनाएर हाम्रो फुटेज प्रयोग गरिनुले हामीलाई ठुलो क्षति पुगेको छ ।’ कार्यक्रम निर्माता सुरज प्याकुरेलले भने । उनले कतिपय गलत कुराहरु प्रस्तुत गर्दा विना अनुमति अरुको फुटेज चोरी गरी प्रयोग गरिनु  खेदजनक भएको बताएका छन् । 
उनी अगाडी भन्छन्, ‘कार्यक्रमका आइक्यानका कतिपय ऐनहरुको अपवाख्या गरिएको छ । त्यसमा हाम्रो कुनै आपत्ति होइन । समाचारमा आइक्यान अध्यक्षको हवाला दिंदै दर्जन बढी ठाउँमा गलत कुरा बोलिएकोमा पनि हाम्रो आपत्ति होइन । त्यो त दर्शकले फैसला गर्ने कुरा हो वा प्रेस काउन्सिलले नियमन गर्ने कुरा हो । कार्यक्रममा अधिकांस कुरा गलत भनिएपनि  पत्रकार आचारसंहिता अनुसार हामीले त्यसको खण्डन गर्नु उचित होइन । 
तर सम्बन्धन, आइक्यानका कतिपय ऐन, लगायतका गलत कुरा प्रशारण गर्दा विना अनुमति हाम्रो फुटेजको दुरुपयोग भएको छ । बिगत लामो समयदेखि सिए क्षेत्रको सहि र निष्पक्ष समाचार दिने माध्यममा रुपमा चिनिएका हामीलाई, हाम्रो फुटेज प्रयोग गरी बनाइएको गलत समाचारका कारण आर्थिक तथा सामाजिक क्षति भएको छ । जसको हामी घोर भ्रत्सना गर्दै क्षतिपुर्तिको माग सहित प्रहरी र प्रेस काउन्सिल जाँदैछौं ।’     
यसबारे बुझ्न खोज्दा कार्यक्रम निर्माता सम्पर्कमा आएका छैनन् । आफ्नो फुटेज गलत रुपमा प्रयोग भएको भन्दै उक्त कार्य सच्याउन र  विना अनुमति अर्काको फुटेज प्रयोग गरीएकोमा त्यसको क्षतिपूर्ति बापत १० लाख रुपैयाँ पाउँ भनी सिए सरोकार टेलिभिजन कार्यक्रमका तर्फबाट कार्यक्रम निर्माता प्रहरीकहाँ पुग्ने भएका छन् ।             
‘कार्यक्रममा आइक्यान अध्यक्ष प्रकाश लम्शाललाई ‘कोट’ गर्दै काठमाडौँमा विभिन्न सिए इन्स्टिच्युटहरु सम्बन्धन नलिइ संचालन गरिएका र तीनले विद्यार्थी ठगीरहेको भनिएको छ । जवकी सुरेश देवकोटा, भरत रिजाल, भवनाथ दाहाल लगायतका अधिकांस काउन्सिल सदश्यहरुले कोचिङ सेन्टरलाई सम्बन्धन अनिवार्य नभएको स्पष्ट पारिसकेका छन् । ‘कार्यक्रममा अन्य थुप्रै गलत कुराहरु भनिएको छ ।  त्यसलाई नैतिक रुपमा हामीले खण्डन गर्न मिल्दैन । ‘ प्याकुरेलले अगाडी भने । 
‘के सहि हो के गलत हो भन्ने कुरा धेरैमाझ छरपष्ट छ । कार्यक्रममा दर्जन बढी ठाउँमा हुँदै नभएका कुराहरु बोलिएको छ । ती गलत कुराहरु बोलिएकोमा होइन कि ती गलत कुरा बोल्दा हाम्रो फुटेज प्रयोग भएकोमा हाम्रो आपत्ति हो । यसले हिमालय टेलिभिजनले बनाएको रिपोर्ट माथिनै औंला उठेको कुरामा पनि हाम्रो कुनै आपत्त्ति छैन । तर हाम्रो फुटेज दुरुपयोग भएकोमा हाम्रो घोर आपत्ति  छ ।’ उनले थपे । 
‘आफ्नो नाम नबताउने सर्तमा टेलिभिजनकै केहि साथीहरुले उक्त फुटेज प्रयोग गर्न आइक्यान अध्यक्षले नै लगाएको भन्ने कुरा पनि आएको छ । प्रहरी र प्रेस काउन्सिलले यसको छानविन गरेपछि सत्यतथ्य अवश्य बाहिर आउनेछ ।’ कार्यक्रम निर्माता सुरज प्याकुरेलले भने ।
यस बिषयमा कार्यक्रम निर्माता अगाडी भन्छन्, ‘हामी कानुनी उपचारका क्रममा छौं । कानुनभन्दा कोहि माथि हुँदैन । हामीले न्याय नपाएसम्म अन्तिम समयसम्म पनि हिमालय टिभीका विरुद्ध लडीरहन्छौं ।’    
कार्यक्रमको ५० % भन्दा बढी ठाउँमा सिए सरोकारबाट चोरीएको फुटेजको प्रयोग भएको छ ।  हेरौं सिए सरोकार टेलिभिजन कार्यक्रमबाट चोरिएका केहि फुटेजहरुका स्क्रिनशट  :   

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी